आइतबार, असोज ११, २०८३

उपन्यास 'सत्यवती' बजारमा 

कमल रिजालद्वारा लिखित उपन्यास 'सत्यवती' सार्वजनिक भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं– कमल रिजालद्वारा लिखित उपन्यास 'सत्यवती' सार्वजनिक भएको छ। उपन्यास महाभारतको कथामा आधारित छ। साथै उपन्यासमा महाभारतको कथाका माध्यमबाट वर्तमान समयलाई पनि सम्बोधन गरिएको छ।

मूलतः सत्यवती र ब्यासबीचमा भएको संवादमा आधारित उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता र गूढ रहस्यलाई पिँधसम्म उधिनेर त्यसमा पलाएको विकृति र सामाजिक विसंगतिलाई छिमलेको छ। लेखक रिजालको यसअघि विभिन्न विधाका दर्जनौं पुस्तक प्रकाशित छन् भने सत्यवती उनको चौथो औपन्यासिक कृति हो।

सत्यवती उपन्यासका सन्दर्भमा रिजाल भन्छन्, ‘महाभारतको विषयवस्तुमा टेकेर व्यास र सत्यवतीको संवादलाई पूर्वीय दर्शनको आवरणमा राख्ने प्रयास गरेको छु। बाँकी समीक्षा गर्ने जिम्मा पाठकलाई छाडेको छु।' 

प्रकाशित: Apr 26, 2021| 10:54 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।