मंगलबार, साउन १९, २०८३

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएको छ। विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सञ्चालन गरिरहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा कोभिड-१९को दास्रो लहरको बढ्दो प्रकोपका कारण स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचनामार्फत जनाएको हो।

देशका विभिन्न सहरमा गरिएकाे लकडाउन र निषेध ‍आदेशका कारण सञ्चालनमा रहेका परीक्षा स्थगित गर्नुपरेको  कार्यालयले जनाएको छ। यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा जनाइएकाे छ।

सीसीएमसीले  आइतबार परीक्षा स्थगित गर्ने निर्णय गरेकाे भए पनि त्रिविले सोमबारका परीक्षा भने सञ्चालन गरेकाे थियाे। 

प्रकाशित: Apr 26, 2021| 10:40 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्