सोमबार, चैत ९, २०८२

कर्णाली सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने

कर्णाली प्रदेश सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ।

National life

कर्णाली प्रदेशको जैविक विविधताको संरक्षण, सम्बर्द्धन र पर्वतीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागिएको हो।

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले विश्वविद्यालय स्थापना, व्यवस्थापन, सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा टेवुल गरको छ।

आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री बिमला केसीले विधेयक टेबुल गरेकी हुन्। नेपालको संविधानले प्रदेशस्तरीय विश्वविद्यालयको कानून निर्माण गर्ने अधिकारी प्रदेशलाई दिएको छ।

प्रकाशित: Apr 26, 2021| 10:00 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्