बिहीबार, फागुन २८, २०८२

मोदी सरकारको आलोचनाका ट्विट हटाउन भारतको दबाब

कोभिड महामारीको व्यस्थापन गर्न नसकेको भन्दै भारत सरकारको आलोचना गरिएका ट्विट हटाउन ट्विटरलाई दबाब दिइएको खुलासा भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

नयाँ दिल्ली- कोभिड महामारीको व्यस्थापन गर्न नसकेको भन्दै भारत सरकारको आलोचना गरिएका ट्विट हटाउन ट्विटरलाई दबाब दिइएको खुलासा भएको छ। दबाबपछि ट्विटरले भारत सरकारको आलोचना गरिएका ५० भन्दा बढी ट्विटलाई भारतबाट देख्न नसकिने गरी हइटाएको जानकारी दिइएको छ। 

National life

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। पछिल्ला दिनमा भारतमा दैनिक ३ लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन्। यसका साथै भारतमा हरदिन २ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु हुन थालेको छ। तीव्र रूपमा महामारी फैलिए पनि सरकार भने जिम्मेवार नभएको आरोप लगाइएका ट्विटलाई हटाउन सरकारले दबाब सिर्जना गरेको हो।  

भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयको दबाबमा ती ट्विटहरू हटाइएको हो। सामाजिक सञ्जालमा सामग्री हटाउन गरिएका अनुरोधहरूलाई ट्र्याक गर्ने ल्युमन डाटाबेसले भारत सरकारको अनुरोधका आधारमा ती ट्विटहरू हटाइएको प्रष्ट पारेको छ। ल्युमन डाटाबेस हार्वर्ड विश्वविद्यालयको बर्कम्यान क्लेन सेन्टरबाट सञ्चालित छ। 

ट्विटरले भारतबाट ती ट्विट देख्न नसक्ने गरी हटाएका ती ट्विट भारतबाहेकका देशबाट भने देख्न सकिने द वायरमा प्रकाशित समाचारमा उल्लेख छ। हटाइएका अधिकांश ट्विटमा मोदी सरकारको चर्को आलोचना गरिएको थियो। केही ट्विटमा कोभिडबारे गलत सूचना प्रवाह गरेको समेत आरोप छ। 

प्रकाशित: Apr 26, 2021| 09:37 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।