मंगलबार, साउन १९, २०८३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन समितिको निर्णयअनुरुप परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले सोमबारदेखि सञ्चालन हुने गरी तय गरेको विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्नातक तहको परीक्षा अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको परीक्षा शाखा प्रमुख डा. आनन्दप्रसाद सुवेदीले बताए।

विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीलाई परीक्षाको तयारीमा भने जुटिराख्न आग्रह गरेको छ।
 

प्रकाशित: Apr 26, 2021| 09:07 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्