मंगलबार, साउन १९, २०८३

त्रिभुवन विश्वविद्यालयले चालु परीक्षा स्थगित नगर्ने

त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा रहेको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित नगर्ने भएको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा रहेको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित नगर्ने भएको छ। 

व्यवस्थापन संकायको परीक्षा सकिएको र विज्ञान, मानविकी तथा शिक्षाशास्त्र संकायका परीक्षा सञ्चालन भएर केही विषयको मात्र बाँकी रहेकाले १४ गते, १७ गते र १९ गते सञ्चालन हुने परीक्षा नरोकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। 

उनले भने , ‘अन्य परीक्षाका कार्यक्रम स्थगित भए पनि सञ्चालनमा रहेका परीक्षा भने स्थगित हुँने छैन। विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै छलफल गरेर यस्तो निर्णय गरेका हौं। स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर परीक्षा सञ्चालन हुन्छ।’

अन्य परीक्षाका कार्यक्रम भने स्थगित गर्न सरकारले निर्देशन दिइसकेको छ।

प्रकाशित: Apr 26, 2021| 03:21 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्