मंगलबार, साउन १९, २०८३

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन्। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन्। 

मन्त्रिपरिषद् बैठकमा सीसीएमसीका सिफारिसहरू पेस गरिने मन्त्री ठगुन्नाले जानकारी दिए। 

यसअघि नै मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ। सो अनुसार बाँकेले वैसाख १३ देखि लागू हुने गरी एक सातासम्म जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्नसमेत निषेध गरिसकेको छ। 
 

प्रकाशित: Apr 25, 2021| 12:44 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्