काठमाडौं- नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ३ लाखभन्दा बढी पुगेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा कुल संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको हो।
कुल कोरोना संक्रमितमध्ये २ लाख ७७ हजार ५७३ जना संक्रमणमुक्त भइसकेका छन् भने १९ हजार ३८२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ३२ जना संक्रिमत भेटिएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाखभन्दा बढी पुगेको हो। पछिल्लो २४ घण्टामा २८ संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म ३ हजार १६४ जनाको संक्रमितको मृत्यु भएको छ।
हालसम्म २४ लाख ५ हजार १७ जनाको पिसिआर परीक्षण भएको छ। हाल ६९ जना क्वारेन्टाइनमा छन्।