सोमबार, जेठ ४, २०८३

कोभिड खोप ल्याउन अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

National life

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने निर्णय गरेको छ। आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोपको सहज आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने निर्णय गरेको हो।

‘अहिलेको सबैभन्दा ठूलो प्राथमिकता कोरोना संक्रमण न्यूनीकरण हो। यसको दोस्रो लहरसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खोप ल्याउन कांग्रेसले अन्य देशसँग समन्वय गर्ने निर्णय गरेको छ,’ उपसभापति विमलेन्द्र निधिले भने।

कोरोनाको सम्भावित जोखिमलाई हेरेर सबै सदस्यको पीसीआर परीक्षणपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने सहमति बनेको समेत उनले जानकारी दिए। योसँगै कांग्रेसले सोमबारका लागि डाकेको केन्द्रीय समितिको बैठक पिसिआर परीक्षणपछि मात्रै बस्ने भएको छ।

प्रकाशित: Apr 25, 2021| 12:21 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्