आइतबार, साउन १०, २०८३

बगदादमा कोभिड अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु

इराकको राजधानी बगदादमा कोभिड–१९ विशेष अस्तापतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

एजेन्सी- इराकको राजधानी बगदादमा कोभिड–१९ विशेष अस्तापतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ।

आगलागीमा परेर १०० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। राजधानी सहरको इब्न खातिब अस्पतालमा शनिबार राति आगलागी भएको हो।

अधिकारीहरुका अनुसार अक्सिजन ट्यांक विस्फोट हुँदा अस्पतालमा आगलागी भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा विस्फोटपछि भएको आगलागीबाट जोगाउन बिरामीहरुलाई बोकेर हिँडाएको देखिएको छ।

त्यहाँ मानिसहरु आत्तिएको र घाइतेहरुलाई व्यवस्थापन गर्न पनि कठिन भएका दृष्यहरु सार्वजनिक भएका छन्।
इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गरिने आश्वान दिएका छन्।

प्रकाशित: Apr 25, 2021| 11:42 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।