आइतबार, असोज ११, २०८३

राजकर्णिकार, क्षत्री, दासी र अधिकारीलाई नइ पुरस्कार

नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ६० हजारसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको जानकारी दिइएको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- नइ प्रकाशनले चार जनालाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आइतबार बसेको बैठकले चार जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

पुरस्कार प्राप्त गर्नेमा घनश्याम राजकर्णिकार, भवानी क्षत्री, राधिका दासी र युवराज अधिकारी छन्। नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत राजकर्णिकारलाई ६० हजारसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको जानकारी दिइएको छ। 

त्यसैगरी, राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित झापाका भवानी क्षत्रीलाई ५० हजारसहित ‘नइ बुलु शर्मा पुरस्कार’ दिइने भएको छ। यस्तै, हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवतमञ्जरी श्रीराधिका दासीलाई ५० हजारसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। 

यस्तै, नेपाली भाषासाहित्यमा कविता लेखन तथा वाचनमा समेत उदाहरण प्रस्तुत गर्नाका साथै आफ्नो शैक्षिकस्तरलाई पनि गुणस्तरीय बनाउने युवराज अधिकारी ’स्मरण’लाई २५ हजारसहित ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने बताइएको छ।

प्रकाशित: Apr 25, 2021| 09:28 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।