बिहीबार, फागुन २८, २०८२

कोरोनाले आक्रान्त भारतलाई सहयोग गर्न अघि बढे यी देश

कोरोना संकटबाट विकराल अवस्था निम्तिएपछि भारतलाई विभिन्न देशले सहयोग गर्ने भएका छन्।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– कोरोना संकटबाट विकराल अवस्था निम्तिएपछि भारतलाई विभिन्न देशले सहयोग गर्ने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरले एक दिनअघि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेपछि केही देशले सहयोगको हात अगाढि बढाएका हुन्।

National life

उनको अपिलपछि सिंगापुरले भारतलाई मेडिकल अक्सिजन सहयोग गर्ने बताएको छ। भारतीय वायु सेनाको विमानले सिंगापुरबाट अक्सिजन ट्यांक एयरलिफ्ट गरिसकेको छ। 

सेनाको विमानले सिंगापुरको चांगी विमानस्थलबाट अक्सिजन ट्यांक पश्चिम बंगालमा ल्याएको छ। दिल्लीस्थित सिंगापुर दूतावासले विज्ञप्ती जारी गर्दै यसलाई द्विपक्षीय र बहुपक्षीय प्रयास भएको बताएको छ। दूतावासले भनेको छ, ‘हामी कोभिड–१९ को विरुद्धको लडाइँमा भारतसँगै उभिएका छौं।’

सिंगापुरसँगै साउदी अरबले समेत भारतलाई सहयोग गर्ने भएको छ। रियादस्थित भारतीय दूतावासका अनुसार साउदीको एक कम्पनीले भारतका लाागि ८० टन लिक्विड अक्सिजन चाँडै पठाउने बताएको छ।

अहिले भारत कोरोना संक्रमणले आक्रान्त बनेको छ भने अक्सिजनको कमीसँग समेत जुधिरहेको छ। कोभिड संकटको यो समयमा भारत सरकारले चर्को आलोचनाको सामनासमेत गरिरहेको छ। 

Laxmi sunrise bank
kumari

यस्तो अवस्थामा सरकारले अब विदेशीसँग अक्सिजन आयात गर्ने कोसिस गरिरहेको छ। यो क्रममा भारतले अन्य देशमा रहेका दूतावाससँग सम्पर्क गरिरहेको छ र अक्सिजन आपूर्तिमा कुनै बाधा निम्तन नदिने प्रयास गरिरहेको छ।

शनिबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोनाविरुद्ध जुध्न छिमेकी देश भारतसँगै उभिएको बताएका थिए। विदेशमन्त्री एस जयशंकर र सिपिङ मन्त्री मनसुख मांगवियाले शुक्रबार साँझ जर्मनी, अमेरिका र अन्य देशमा रहेका राजदूतहरुसँग छलफल गरेका छन्। 

जयशंकरले ट्विट गर्दै भनेका छन्, ‘विश्वले भारतलाई सहयोग गर्नुपर्छ। किनकी भारतले सधैं सबैलाई सहयोग गर्दै आएको छ।’ यो अपिलपछि धेरै देशका मन्त्रीहरुले भारतप्रति प्रतिबद्धता जाहेर गर्दै ट्वीट गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ को डरलाग्दो संक्रमणका बीचमा फसेका भारतीयहरुलाई देखेर मेरो मन दुखेको छ। हामी भारत सरकारसँग मिलेर काम गरिरहेका छौं। हामी भारतका मानिस र स्वास्थ्यकर्मीका लागि चाँडै अतिरिक्त सहयोग पठाउने छौं।’

इरानका विदेशमन्त्री जवाद जरीफले भारत र इरानको झण्डा भएको तस्विर सेयर गर्दै भनेका छन्, ‘भारत भयानक महामारीको सबैभन्दा कठिन घडीको सामना गर्दै आएको छ। यो समयमा इरान भारतसँगै उभिएको छ। यो अब मानवताको दुखाइ बनिसकेको छ। हामी शोकसन्तप्त परिवारका लागि संवेदना व्यक्त गरिरहेका छौं र बिरामी चाँडै ठिक होउन् भनेर प्रार्थना गरिरहेका छौंं।

–बीबीसी हिन्दीबाट

प्रकाशित: Apr 25, 2021| 08:11 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।