आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अक्सिजन सप्लाई रोक्नेलाई फाँसीमा चढाउने दिल्ली अदालतको चेतावनी

अक्सिजन सप्लाई रोक्नेलाई फाँसीमा चढाउने दिल्ली अदालतको चेतावनी

भारतको दिल्ली उच्च अदालतले अक्सिजन सप्लाईमा बाधा पुर्‍याउनेलाई फाँसीमा चढाउने चेतावनी दिएको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

एजेन्सी- भारतको दिल्ली उच्च अदालतले अक्सिजन सप्लाईमा बाधा पुर्‍याउनेलाई फाँसीमा चढाउने चेतावनी दिएको छ।

शनिबार दिल्ली उच्च अदालतले यदि केन्द्र, राज्य वा स्थानीय प्रशासनका कुनै पनि अधिकारीले अक्सिजन सप्लाईमा बाधा पुर्‍याए फाँसीमा चढाउने चेतावनी दिएको हो।

दिल्लीको महाराजा अग्रसेन अस्पतालले गम्भीर बिरामी परेका कोरोना संक्रमितका लागि अक्सिजनको अभाव भएको भन्दै उच्च अदालतको ढोका ढक्ढक्याएको थियो। अदालतले यसै रिटमा सुनुवाई गर्दै यस्तो चेतावनी दिएको हो।

न्यायाधीश विपिन सांघी र रेखा पल्लीको इजलासले अक्सिजन सप्लाइमा बाधा पुर्‍याउनेलाई माफ गर्न नसकिने ठहर गरेको छ।

सुनुवाईका क्रममा अदालतले केन्द्र सरकारमाथि गम्भीर प्रश्न उठाएको छ। 

अदालतले केन्द्र सरकारले दिल्लीमा दैनिक ४८० मेट्रिक टन अक्सिजन आपूर्ति गर्ने २१ अप्रिलको प्रतिबद्धता किन पुरा भएन भन्ने प्रश्न गरको हो।

दिल्लीका अधिकांश अस्पतालमा अक्सिजनको अभावले कोरोना संक्रमितले ज्यान गुमाइरहेका समाचार सार्वजनिक भएका छन्।

प्रकाशित: Apr 24, 2021| 10:15 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।