सोमबार, जेठ ४, २०८३

तनाव मुक्त कसरी हुने?

तनाव पढ्दै गए मानिसले त्यसबाट छुट्कारा पाउने विधि अपनाउनुपर्छ। तनावबाट छुट्कारा पाउन कहिले काहिँ समय निकालेर पुस्तक पढ्ने गर्नुपर्छ। 
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं - अचेलको व्यस्त दैनिकीमा जोकोही मानिस तनावमा हुन्छ। कोही घरको तनावमा हुन्छन्। कोही कामको तनावमा हुन्छन्। तनावमा बितिरहेको जीवनमा कहिलेकाही समय निस्किँदा पनि मानिस फ्रेस हुनसक्दैनन्। त्यसको असर परिवार र प्रेममा पनि पर्ने गर्छ।

National life

तनाव पढ्दै गए मानिसले त्यसबाट छुट्कारा पाउने विधि अपनाउनुपर्छ। तनावबाट छुट्कारा पाउन कहिले काहिँ समय निकालेर पुस्तक पढ्ने गर्नुपर्छ। 

किताव पढ्दा तनाव टाढा हुनेगर्छ। आफूलाई मन गर्ने उपन्यास, कथा, कविता वा मनोरञ्जनपूर्ण किताव पढ्न सक्छौं।

यस्तै संगीतमा पनि रम्न सकिन्छ। संगीतले ठूला-ठूला तनावबाट पनि छुट्कारा दिने काम गर्छ। हामीले मन छुने र सान्त संगीतलाई सुनेर मनोरञ्जन लिनसक्छौं। एकान्तमा मन छुने संगीत सुन्दा मन धेरै सान्त हुने गर्छ।

तनाव बढ्दै गए समय निकालेर आफ्नो पार्टनरसँग रमाउनुपर्छ। मिठा-मिठा कुरा गर्नुपर्छ। यसले मानिसमा धेरै हदसम्म तनाव घट्छ। जीवन सुन्दर छ। यसलाई कुरुप बनाउनु हुँदैन। सधै साथीभाइसँग रमाउने मान्छे तनाव मुक्त हुन्छ।

बेला-बेला समय निकालेर परिवारसँग घुम्ने, फिल्म हेर्न जाने, बालबालिकालाई चिडियाखाना, रमाइला पार्कहरूमा घुमाउन लैजाने, कहिलेकाही परिवारसँग होटेलमै खाना खाने गर्दा पनि तनाव मुक्त हुन सकिन्छ। जति सकिन्छ जीवनमा रमाइलो गर्दै गयो भने मान्छे तनाव मुक्त हुनेगर्छ।

प्रकाशित: Apr 24, 2021| 00:32 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्