बिहीबार, फागुन २८, २०८२

भारतको एक अस्पतालमा आगलागी, १३ कोरोना संक्रमितको मृत्यु

महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागि हुँदा १३ बिरामीको ज्यान गएको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागि हुँदा १३ बिरामीको ज्यान गएको छ। आइसीयुमा उपचाररत १३ संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ।

National life

विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। घाइतेहरूलाई अन्यत्रै सारिएको छ। 

समाचार एजेन्सी पीटीआईलाई पुलिसले १३ संक्रमितको ज्यान गएको जानकारी दिएको छ।

दुईदिन पहिले मात्रै महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: Apr 23, 2021| 02:36 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।