सोमबार, जेठ ४, २०८३

स्याउको अत्यधिक सेवन स्वास्थ्यका लागि हुन सक्छ हानिकारक

फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। डाक्टरहरूले पनि फलको सेवन गर्न सुझाव दिइरहेका हुन्छन्। स्वाउ जतासुकै र जुनसुकै मौसममा पाइने फल हो। स्वाउ खानुका थुप्रै फाइदा छन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। डाक्टरहरूले पनि फलको सेवन गर्न सुझाव दिइरहेका हुन्छन्। स्वाउ जतासुकै र जुनसुकै मौसममा पाइने फल हो। स्वाउ खानुका थुप्रै फाइदा छन्।

National life

प्रत्यक दिन एक स्याउ खादा डाक्टरकोमा नै जानुपर्दै भन्ने भनाइ पनि छ। स्याउ पोषक तत्वले भरपूर हुन्छ। तर, स्याउको अत्यधिक सेवन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ।

स्याउ फाइबरले भरपूर हुन्छ। फाइबरले हाम्रो पाचनप्रणालीका लागि निकै राम्रो मानिन्छ। तर, अत्याधिक सेवन गर्दा स्याउ पाचन सम्बन्धी समस्याको कारण पनि बन्नसक्छ। स्वाउको सेवन धेरै गर्दा पेट दुख्ने र सुन्निने हुनसक्छ।

केही मानिसमा कुनै चिजको सेवन गर्दा एलर्जी हुने समस्या हुन्छ। यसमा स्याव पनि सामिल छ। स्याउ खाँदा एलर्जी हुनेहरूले यसको सेवन गर्नु हुँदैन।

स्याउ कार्बोहाइड्रेडले भरपूर हुने भएकाले शरीरमा ऊर्जा प्रदान गर्छ। तर, यसको अधिक सेवन ब्लड सुगरको कारण बन्न सक्छ। मधुमेहका रोगीले स्याउको सेवन गर्दा चिकित्सकको सुझाव अनिवार्य रूपमा लिनुपर्छ।

स्याउमा अम्लिए पन हुन्छ। यस्तो अवस्थामा स्याउको अधिक सेवनले दाँतमा क्षति पुर्‍याउने जोखिम हुन्छ। यो दाँतका लागि सोडा भन्दा पनि खतरापूर्ण हुने चिकित्सकहरूले बताउने गरेका छन्। त्यसैले एक दिनमा दुई भन्दा धेरै स्याउ खानु हुँदैन।

प्रकाशित: Apr 23, 2021| 01:28 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्