मंगलबार, चैत १०, २०८२

के भिटामिन ‘डी’ ले कोरोनाबाट बचाउन सक्छ? 

कोरोना महामारीको समयमा धेरै मानिस घरभित्र बन्द छन्। यस्तोमा शरिरमा भिटामिन डी कमी हुन्छ। समान्य दिनमा मानिसहरु घरभन्दा बाहिर धेरै समय विताउँछन्।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

के कोरोना भाइरसको संक्रमणबाट बच्न भिटामिन डी सहयोगी हुन्छ? अनुसन्धानकर्ताहरुकाबीचमा भिटामिन डीलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन्। ब्रिटिश सरकारको स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्ने संस्थ साइन्टिफिक एडभाइजरी कमिसन अन न्यूट्रेसन र नेश्नल इन्स्टिट्युड आफ हेल्थ एन्ड केयर एक्सलेन्सले कोरोना भाइरसमा भिटामिन डिको भूमिकालाई लिएर एक रिपोर्ट तयार पारेको छ।

National life

कोरोना महामारीको समयमा धेरै मानिस घरभित्र बन्द छन्। यस्तोमा शरिरमा भिटामिन डी कमी हुन्छ। समान्य दिनमा मानिसहरु घरभन्दा बाहिर धेरै समय विताउँछन्। यस्तो अवस्थामा छालालाई घाम प्राप्त हुन्छ र भिटामिन डीको प्राकृतिक स्रोत लाभकारी सावित हुन्छ।

ब्रिटेनको नेश्नल हेल्थ सर्भिसका अनुसार महामारीको यो समयमा मानिसहरुले हरेक दिन १० माइक्रोग्राम भिटामिन लिनुपर्छ। खासगरी ती मानिस जसले धेरै समय घरभित्र समय विताउँछन्।

ब्रिटेनमा महामारी भन्दा पहिले पनि जाडो महिना (अक्टोबर देखि मार्चसम्म) भिटामिन डी लिन सल्लाह दिइन्छ। यद्यपी पब्ल्कि हेल्थ इंग्ल्याण्ड (पीएचई)ले पुरै बर्ष भिटामीन डीको सप्लिमेन्ट लिन सल्लाह दिएको छ। जो घरबाट बाहिर निस्कन पाउँदैछन उनीहरुले भिटामीन डीको सप्लिमेन्ट लिनुपर्ने पीएचईको भनाइ छ। 

कसले लिनुपर्छ सप्लिमेन्ट?

Laxmi sunrise bank
kumari

– जो घरबाट बाहिर जाँदैनन्
– जो केयर होममा बस्छन्
– जसको त्वचा सँधै कपडाले ढाकिरहन्छ
स्कटल्यान्ड र वेल्सको सरकारका साथै आयरल्यान्डको पब्लिक हेल्थ एजेन्सीले लकडाउनका समयमा भिटामीन डि को सप्लिमेन्ट लिनुपर्ने सल्लाह दिएको छ।

भिटामिन डी किन आवश्यक?

मजबुद र स्वस्थ हड्डी, दाँत र मांसपेशीका लागि भिटामीन डी आवश्यक हुन्छ। यसको कमीले हड्डडी कमजोर हुन्छ। बयस्कमा यसको कमीका कारण ओस्टिमलेशा नामको बिरामी देखा पर्छ।

अनुसन्धान कर्ताहरुले भिडामीन डिले शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने र यसले संक्रमणबाट लड्न सहयोग गर्ने बताएका छन्। केही अध्ययनहरुले शरिरमा भिटामीन डडीको पर्याप्त उपलब्धताले समान्य रुघाखोकी र फ्लुबाट समेत बच्न सकिने निष्कर्ष निकालेका छन्।

यद्यपी साइन्टिफिक एडभाइजरी कमिटी अन न्यूट्रेसन (एसएसीएन)ले संक्रमण रोक्नमा भिटामीन डीको प्रभावकारीताका बारेमा पर्याप्त सबूत नरहेको बताएको छ।

के भिटामीन डीले कोरोना रोक्न सक्छ?

नेश्नल इन्स्टिट्युड फर हेन्थ एन्ड केयर एक्सलेन्सले भिटामीन डी माथि भएको रिसर्चको समिक्षामा भिटामीन डीको सप्लिमेन्टले कोरोना भाइरस रोक्न सकिने तथ्य फेला नपरेको बताएको छ।

तर विशेषज्ञले महामारीको समयमा भिटामीन डीका धेरै फाइदा रहेको र शरीरमा यसको मात्र पर्याप्त बनाइराख्न जरुरी भएको बताएका छन्। बीएमजे न्यूट्रिशन, प्रिवेन्सन एन्ड हेल्थको एक रिपोर्टमा भनिएको छ, ‘भीटामीन डि खास चिजका लागि दिनुपर्छ। न कि कोरोनाको उपचारकारुपमा। भिटामीन डी हाम्रो शरीरमा पर्पाप्त रह्यो भने धेरै फाइदा हुन्छ।’

केही अनुसन्धान कर्ताहरुले शरीरमा भिटामीन डिको कमी भएका व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित हुने र त्यस्ता व्यक्ति निको हुन गाह्रो पर्ने बताएका छन्।

लिभरपुल युनिभर्सिटीमा मेडिसिनका प्रोफेसर रहेका जोन रोड्स भन्छन्, ‘भिटामीन डीमा संक्रमणरोधी शक्ति हुन्छ। कोरोना संक्रमणको बेला जसको फोक्सो खराब भएको छ। उनीहरुका लागि भिटामीन डि लाभदायक हुन सक्छ। तर, यसका लागि अझै अध्यनन गरिनु आवश्यक छ।’ बीबीसी हिन्दीबाट

प्रकाशित: Apr 23, 2021| 00:55 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्