बिहीबार, फागुन २८, २०८२

दिल्लीमा कोरोना संक्रमणबाट एकै दिन ३०६ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३०६ जनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३०६ जनाको ज्यान गएको छ। यस अवधिमा २६ हजारभन्दा बढी संक्रमित थपिएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या ९१ हजार ६१८ रहेको छ। पछिल्लो २४ घण्टामा भारतका तीन लाख १४ हजार जनालाई कोरोना संक्रमण भएको छ। यस्तै थप दुई हजार १०४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बीबीसीले जनाएको छ।

कोरोना संक्रमणको महामारी बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेका छन्। यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सबै चुनावी सभा रद्द गरेकी छन्।

प्रकाशित: Apr 22, 2021| 17:55 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।