मंगलबार, चैत १०, २०८२

मिर्गौलामा पत्थरी हुनुको मुख्य कारण के हो?

मिर्गौलामा पत्थरी हुनु निकै पीडादायीक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

मिर्गौलामा पत्थरी हुनु निकै पीडादायीक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ।

National life

मिर्गौलामा पत्थरी हाम्रो शरीरमा थुप्रै संकेत देखिन्छन्। समयमै यसका लक्षण पहिचान गर्दै चिकित्सककोमा पुगे यसले दिने सास्तिबाट जोगिन सकिन्छ।

थत्थरी नुन र खनिजको संग्रह हो। जो बढी क्याल्शियम र यूरिक एसिडबाट बनेको हुन्छ। जब हाम्रो शरीमा केही खनिज पिसावमा जम्मा हुन्छ त्यस्तो अवस्थामा मिर्गौलामा पत्थरी जम्मा हुनथाल्छ। यसैलाई मिर्गौलाको पत्थरी भनिन्छ।

मिर्गौलामा बन्ने पत्थरी फरक-फरक आकारको हुन्छ। जब यो पत्थरी ठूलो हुन्छ यसले दु:ख दिने गर्छ। पत्थरीलाई अप्रेसनको माध्यमबाट निकालिन्छ। आजभोली लेजर अप्रेसनको सहयोगले पनि पत्थरी निकाल्न सकिन्छ। यो पद्धतिबाट चिरफार बिनै पत्थरी निकाल्न सकिन्छ।

मिर्गौलामा पत्थरी मुख्य कारण मोटोपन तथा डिहाइड्रेशन हो। जब हामी प्रयाप्त मात्रामा पानी पिउँदैनौं तब पत्थरीको जोखिम बढ्छ। प्रयाप्त मात्रामा पानी पिउँदा पत्थरीको जोखिमबाट मात्र जोगिने नभएर अन्य समस्याबाट समेत जोगिनसकिन्छ।

Laxmi sunrise bank
kumari

मिर्गौलामा पत्थरी हुँदा पेट मुनीको भाग दुख्छ। पटक-पटक पिसाब लाग्छ। पिसाबको रंग फेरिन्छ। पिसाब गर्दा जलन हुन्छ। ज्वरो र बान्ता आउने हुन्छ। 

पिसाबमा रगत आउँदा मिर्गौलाको पत्थरी गम्भीर भएको भन्ने हुन्छ। पिसाब गुलाबी तथा पहेलो रंगको आउँदा पनि मिर्गौलाको गम्भीर पत्थरीको लक्षण हो। यस्तो अवस्थामा तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ।

प्रकाशित: Apr 22, 2021| 01:52 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्