मंगलबार, असार ३०, २०८३

स्विटजरल्यान्डसँग स्पेन बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- नजिकिदै गरेको विश्वकप फुटवल प्रतियोगिताको मुख्य दावेदार मानिएको स्पेन स्विटजरल्यान्डसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा स्पेनले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । 

आइतबार राती भएको खेलमा स्पेनका  अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्विटजरल्यान्डका रिकार्डो रोड्रिगेजले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । 

स्पेनले अधिकांश समय स्विस टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन।  स्पेनका सर्जियो रामोस च्याम्पियन्स लिग फाइनल खेलेर विश्राममा भएकाले आइतबार राति खेलेनन्।

स्पेनले ट्युनिसियासँग आगामी शनिबार अर्को मैत्रीपुर्ण खेल खेल्नेछ । स्पेन, पोर्चुगल, मोरक्को र इरानसँगै समुह बी मा छ ।  
स्पेनले पहिलो खेलमा जुन १५ मा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

स्विस टोलीले भने समूह ‘ई’ मा रहेका सर्बिया, कोस्टा रिका र ब्राजिलसँग खेल्नेछ । उसले आफ्नो पहिलो खेलमा जुन १७ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।