शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा, होला त आज सुनुवाइ?

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा, होला त आज सुनुवाइ?

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा पेसी तोकिएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा पेसी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीशसहित रहेको बेन्चमा बुधबारका लागि पेसी तोकिएको हो। नियमित पेसी चढे पनि अन्य धेरै मुद्दा त्यसभन्दा माथि रहेकाले उनको मुद्दा सुनुवाइ हुने वा नहुने निश्चित छैन।

पेसी तोकिए पनि सुनुवाइ गर्न भ्याइन्छ या भ्याइँदैन यकिन भएको छैन। २०७६ फागुन ३० गते मुद्दाको पेसी चढाइएको थियो। तर, हेर्न नभ्याइएपछि सुनुवाइ सारिएको थियो।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुखमाथि लागेको छ। २०६२ वैशाख १६ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए।

साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्। उनको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। २०६४ फागुन २२ मा सर्वोच्च अदालतले आदेश दिएपछि जाहेरी दर्ता भएको थियो। 

सापकोटाविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएपछि पुनः पूर्णिमाया सर्वोच्च अदालत गएकी थिइन्। यो मुद्दा लामो समयदेखि संवैधानिक इजलासमै विचाराधीन छ। सभामुख सापकोटा भने उक्त मुद्दा द्वन्द्वकालको भएकाले यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: Apr 21, 2021| 05:26 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।