मंगलबार, चैत १०, २०८२

इमरजेन्सीमा शरीरमा अक्सिजन कसरी बढाउने?

नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। अस्पतालहरूमा संक्रमितको चाप दिनहुँ बढ्दो छ। अस्पतालमा आईसीयूमा र भेन्टिलेटर भरिन थालेका छन्। यति बेला अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। अस्पतालहरूमा संक्रमितको चाप दिनहुँ बढ्दो छ। अस्पतालमा आईसीयू र भेन्टिलेटर भरिन थालेका छन्। यतिबेला अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ।

National life

अचानक अक्सिजन आवश्यक परे के गर्ने भन्न‍े धेरैको मनमा लाग्न सक्छ। अस्पतालमा परिरहेको दबाबका कारण थुप्रै उपकरण अभाव हुने अवस्था छ। 

शरीरमा ९० प्रतिशतभन्दा कम अक्सिजन हुँदा सिलिन्डरको माध्यमबाट अक्सिजन दिनुपर्ने हुन्छ। भारतको डिपार्टमेन्टल अफ इन्टरनलका मेडिसिन एम्सका डाक्टर अमनदीप सिंह व्यक्तिको अवस्थाअनुसार अक्सिजन आवश्यक पर्ने बताउँछन्।

सामान्य अवस्थामा सास फेर्न गाह्रो हुँदैमा अक्सिजन दिइहाल्नुपर्ने अवस्था नहुन सक्छ। उनी अक्सिमिटरका माध्यमबाट व्यक्तिको शरीरमा अक्सिजनको लेबल जाँच गरेपछि मात्र अक्सिजन दिनुपर्ने बताउँछन्। 

उनी भन्छन्, 'अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी आवश्यक नपर्ने र ९० भन्दा कम भए अक्सिजन दिनुपर्छ।'

Laxmi sunrise bank
kumari

६ मिनेटसम्म सामान्य रुपमा वाक गर्दा ३ प्वाइन्टभन्दा अक्सिजनको मात्रा कम भए सावधानी अपनाउनुपर्छ। पहिलो जाँचमा अक्सिजन लेबल ९८ छ र ६ मिनेटसम्म हिँड्दा गर्दा ९५ मा भर्‍यो भने सावधानी अपनाउनुपर्छ। यो फोक्सोको समस्या वा शरीरमा अक्सिजन कम भएको संकेत हुन सक्छ।

अक्सिजन कम भएको अवस्थामा मानिसले घरमै पनि केही सावधानी अपनाउन सक्छ। इमरजेन्सीमा अक्सिजन कम भएको अवस्थामा पेटको सहयोगमा १-२ घन्टा सुत्नुपर्छ। यसो गर्दा अक्सिजनको लेबल बढ्छ।

प्रकाशित: Apr 21, 2021| 05:03 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्