काठमाडौं- नक्कली पिसिआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयरका कर्मचारी पक्राउ परेका छन्।विदेश जानका लागि चाहिने पिसिआरको नक्कली रिपोर्ट बनाएको आरोपमा हेल्थकेयरका कर्मचारीहरू पक्राउ परकेा हुन्।
प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टीकेयर मेडिकल सेन्टरका ऐजेन्ट सेवाग्राहीसँग ९ हजार लिएर सुरिया हेल्थकेयरसँगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाइदिने गरेको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा सप्तरी मध्यपुरा-१ का ४४ वर्षीय डा.खेलानन्दप्रसाद सिंह, झापा गौरादह-७ घर भई हाल पेप्सीकोला बस्ने वर्ष ४५ का प्रकाश रायमाझी भनिने चित्रबहादुर रायमाझी, सप्तरी राजविराज-१३ घर भई हाल ईमाडोल बस्ने ३२ वर्षीय प्रमोदकुमार यादव महोत्तरी गौशाला-१ का ५० वर्षीय प्रदीप कुमार गिरी छन्। यस्तै महोत्तरी सोनाम-६ का २५ वर्षीय अमन कुमार यादव छन्।

यसैगरी मोरङ विराटनगर-३ का ३२ वर्षीय वजेश पोख्रेल महोत्तरी गौशाला-१ का वर्ष २२ का बादल मिरिङ छिङ र दोलखा बैतेश्वरी-५ का २२ वर्षीय सरोज क्षेत्री छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा बन्द गरिएको समेत जानकारी प्रहरीले दिएको छ।
