मंगलबार, साउन १९, २०८३

कक्षा सञ्चालनको मोडालिटीबारे त्रिविका क्याम्पस आफैंले निर्णय गर्न सक्ने

त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने अधिकार सम्बन्धित क्याम्पस प्रशासनलाई दिएको छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने अधिकार सम्बन्धित क्याम्पस प्रशासनलाई दिएको छ। 

विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजलाई विश्वविद्यालयले कलेज आफैंले कक्षा सञ्चालन गर्ने वा नगर्ने निर्णय गर्न सक्ने शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए। योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्वास्थ्यको उचित मापदण्ड पालना गरेर

स्नातक तह दास्रो वर्षको परीक्षा सञ्चालन गर्न पनि निर्देशन दिएको छ। 
सुरक्षाका मापदण्डहरुमा मास्क, सेनिटाइजर, हात धुने सावुनको व्यवस्था, सामाजिक सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अपनाउन सबै केन्द्राध्यक्षलाई निर्देशन दिएको छ।

यसका साथै आजै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले सरकारको  निर्देशनको पालना गर्न आफ्ना मातहतका सबै विद्यालय तथा कलेजलाई आग्रह गरेको छ।

वैशाख मसान्तसम्म प्रमुख सहरका शैक्षिक संस्थाहरुमा भौतिक पठनपाठन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न र वैशाख २४ गतेदेखि सञ्चालन हुने हिसानको केन्द्रीय परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने गरी तयारी गरेको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिए।
 

प्रकाशित: Apr 20, 2021| 12:49 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्