शुक्रबार, भदौ १२, २०८३

दोधारा–चाँदनी सुख्खा बन्दरगाहका लागि ७ अर्ब लाग्ने

कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाह निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने भएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाह निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने भएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले दोधारा–चाँदनीको कञ्चभोजमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँको इस्टिमेट निकालेको हो।

समितिले मंगलबार पत्रकार सम्मेलन गरी सुख्खा बन्दरगाह निर्माणका लागि गुरुयोजना तयार पारेको जानकारी गराएको छ। समितिका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन तथा डीपीआर स्वीकृतिका लागि वन तथा वातावारण मन्त्रालयमा पठाइएको छ।

No description available.

बन्दरगाह निर्माणको लागि दोधारा–चाँदनी अन्तर्गत कञ्चभोज लगायतका क्षेत्रमा १९ हजार ५३९ वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने जानकारी समितिले दिएको छ। हाल सुदूरपश्चिमसहित क्षेत्रका लागि भैरहवा, नेपालगञ्जलगायत नाकाबाट वस्तु तथा सेवाको आयात गरिँदै आएको छ।

कञ्चनपुरमा सुख्खा बन्दरगाह बनेपछि वस्तु तथा सेवाको आयात सहज हुने र सुदूरपश्चिम क्षेत्रका बासिन्दाका लागि सुलभ हुने विश्वास समितिले लिएको छ। समितिले सन् २०२५ भित्र बन्दरगाह निर्माणको काम सम्पन्न हुने जानकारी दिएको छ। तीन वटा गेटसहितको बन्दरगाहमा वस्तु तथा सेवाका ५ सय कन्टेनर पार्किङका लागि पार्किङस्थल बनाइने छ।

No description available.

प्रकाशित: Apr 20, 2021| 12:37 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।