मंगलबार, चैत १०, २०८२

स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने उपत्यकाका प्रजिअहरूको निर्णय

कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा कडाइ गर्ने निर्णय गरेका छन्। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो। 

National life

कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचारप्रसार गर्ने, सरोकारवालासहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको बताए। 

सरकारले २०७८ वैशाख मसान्तसम्म विद्यालय भौतिक उपस्थिति नगराइकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह, व्रतबन्धजस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।

सरकारको सोही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 20, 2021| 11:54 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्