शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असार पहिलो साता १५ लाख कोरोना संक्रमित पुग्न सक्ने सरकारी  प्रक्षेपण

असार पहिलो साता १५ लाख कोरोना संक्रमित पुग्न सक्ने सरकारी  प्रक्षेपण

सरकारले आगामी असार पहिलो हप्तासम्ममा १५ लाख कोरोना संक्रमित पुग्ने अनुमान गरेको छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– सरकारले आगामी असार पहिलो हप्तासम्ममा १५ लाख कोरोना संक्रमित पुग्ने अनुमान गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले असार पहिलो साता कोरोना संक्रमण उच्च हुने बताए।

यसअघिको प्रक्षेपणअनुसार सो अवधिमा ६ लाख संक्रमितको संख्या पुग्ने अनुमान गरिए पनि नयाँ भेरियन्ट फैलिएको पुष्टि भएपछि सरकारले जेठ अन्तिमदेखि असार पहिलोहप्तामा १५ लाख संक्रमित पुग्ने प्रक्षेपण गरेको हो।

साथै सो अवधिमा दैनिक ११ हजारभन्दा धेरै संक्रमित भेटिने डा. पौडेलले जानकारी दिए। जनस्वास्थ्यका मापदण्ड पालना गरे सो संख्या निकै कम गर्न सकिने पनि डा. पौडेलले बताए।
 

प्रकाशित: Apr 20, 2021| 11:48 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।