काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका कारण अबका ९ हप्ता कठिन समय हुने बताएको छ।
मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्षमण अर्यालले पछिल्लो ५ हप्तादेखि कोरोना संक्रमणको दर बढेको र अझै ९ हप्ता कठिन समय हुने बताएका हुन्।
अगाडिको महामारीको अनुभव र अन्य देशको अवस्था हेर्दा १४ हप्तासम्म महामारीको दर उकालो लाग्ने र त्यसपछि घट्ने देखिएको उनले बताए। सचिव अर्यालले भने, ‘हामीले ५ हप्ता बिताइसकेका छौं, अझै ९ हप्ता हाम्रा लागि कठिन हुनेछन्।’
