शुक्रबार, पुस ११, २०८२

कर्णालीका अस्पतालमा बेड पाउनै मुस्किल

चैत १५ गतेभन्दा पहिला शून्य रहेको कर्णालीमा दुई सातादेखि सुर्खेतमा संक्रमण उच्च छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

देव राना

देव राना

मंगलबार, वैशाख ७, २०७८

सुर्खेत– कोरोनाको दोस्रो हलर सुरु भएसँगै कर्णाली प्रदेशमा संक्रमणको जोखिम बढेको छ। चैत १५ गतेभन्दा पहिला शून्य रहेको कर्णालीमा दुई सातादेखि सुर्खेतमा संक्रमण उच्च छ। 

National life

वैशाखअघिसम्म सुर्खेतबाहेक अन्य जिल्लामा संक्रमितको संख्या शून्य थियो। तर वैशाख लागेपछि कोरोना संक्रमण कर्णालीका सबै जिल्लामा फैलिन थालेको छ। 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबारसम्म सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिमामा संक्रमण फैलिसकेको छ। 

भारत लगायतका मुलुकबाट नागरिक गाउँ फर्कन थालेपछि संक्रमण पनि बढ्न थालेको हो। 

रेपिडटेस्ट विधिबाट परीक्षण गर्दा सोमबार मात्रै सुर्खेतका ८१, दैलेखका १९, सल्यानका ८, रुकुम पश्चिमका २ जनाको संक्रमण पुष्टि भएको छ। 

Laxmi sunrise bank
kumari

पीसीआर प्रयोगशालाले मंगलबारसम्म संक्रमण पुष्टि गरेकामध्ये सुर्खेतका ७६, दैलेखका ८ र जाजरकोटका १ जना सक्रिय संक्रमित छन्। 

संक्रमितमध्ये १० जनाको अवस्था जटिल छ। उनीहरु सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जनाए। 

‘अस्पतालमा १० जना संक्रमित छन्, उनीहरु खत्तरामुक्त छन्’ पौडेलले भने, ‘संक्रमणको दर नघटे अस्पतालमा बेड पाउन मुस्किल पर्ने देखिन्छ।’  

वीरेन्द्रनगरमा झण्डै तीन लाख नागरिकको बसोबास छ। तर प्रदेश अस्पतालको आइसोलेसनमा १२० बेड छन्। 

कोरोना विशेष अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै प्रदेश सरकारले कोरोनाका सामान्य लक्षण नभएका संक्रमितलाई सम्बन्धित स्थानीय तहले उपचार गर्ने निर्देशन दिएको छ। 

यस्तै संक्रमण बढ्दै जाँदा पछिल्लो दुई दिनमा कर्णालीका तीन जनाको मृत्यु भएको छ। दैलेख, रुकुम पश्चिम र सुर्खेतमा एक÷एक जनाको मृत्यु भएको हो। 

संक्रमण र मृत्युदर बढेपछि प्रदेश सरकारले सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको प्रदेश स्वास्थ्य नर्देशनालयका निर्देशक डा. रबिन खड्काले जानकारी दिए।

प्रकाशित: Apr 20, 2021| 11:19 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।