शुक्रबार, भदौ १२, २०८३

हाटबजारमा कडाइ गर्ने जिप्रका धनुषाको निर्णय

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

जनकपुरधाम– कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यधिक भीड हुने स्थान हाटबजारमा कडाइ गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन्। 

बैठकले जिल्लाको विभिन्न स्थानमा रहेका हाट बजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए। यसको अनुगमनको जिम्मा सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीलाई दिइएको छ। 

सरकारी कार्यालयहरुमा अत्यधिक भीड हुने गरेकोले भीडभाड कम गरी संक्रमण जोखिम न्यूनीकरण गर्न अनलाइन प्रणालीलगायत अन्य वैकल्पिक प्रणालीको प्रयोग गर्ने तथा स्थानीय तहअनुसार आलोपालो प्रणालीमार्फत सेवा दिने निर्णय भएको हो। 

नेपाल सरकारको निर्णय गरेअनुरुप संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा वैशाख १० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको प्रजिअ बास्तोलाले बताए। 

धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएकाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी सञ्चालनमा ल्याउने तथा आवश्यक्ता अनुसार होल्डिङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ।

साथै उपमहानगरपालिकालाई ३०, नगरपालिकालाई २० र गाउँपालिकालाई कम्तिमा १५ बेडको आइसोलेशन सेन्टर तथा क्वारेन्टिनको व्यवस्था मिलाउन भनिएको छ।

कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जनशक्तिको अभाव भएकोले पिसिआर परीक्षणलाई प्रभावकारी बनाउनका लागि कर्मचारी पूर्ति गर्न सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत भएको प्रजिअ बास्तोलाले बताए।

प्रकाशित: Apr 20, 2021| 11:16 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।