शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनस्वास्थ्यका मापदण्डमा हेलचेक्र्याइँ गरे लकडाउन : स्वास्थ्यमन्त्री

जनस्वास्थ्यका मापदण्डमा हेलचेक्र्याइँ गरे लकडाउन : स्वास्थ्यमन्त्री

जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याँइ गरे सरकारले कठोर कदम उठाउने चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन्।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याँइ गरे सरकारले कठोर कदम उठाउने चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन्।

मन्त्रालयले आज मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आम मानिसले आफ्नो कर्तव्यबाट टाढा भएर जनस्वास्थ्यको मापदण्डविपरीत काम गरे सरकार लकडाउनको अवस्थामा पुग्ने बताए। 

उनले महामारीको यो लहरलाई हलुका ढंगले नलिन पनि आग्रह गरेका छन्। मन्त्री त्रिपाठीले भने, ‘हामी भरसक नेपाललाई बन्दाबन्दीको अवस्थामा पुर्याउँदैनौं, तर हामीले हेलचेक्र्याइँ गरे कठोर कदम उठाउन बाध्य हुनेछौं, जुन सरकारको इच्छा होइन।’

संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि सहयोग गर्न आग्रह गरे।
 

प्रकाशित: Apr 20, 2021| 11:10 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।