बुधबार, चैत ११, २०८२

क्रोएसियाविरुद्धको खेलमा नेयमार आज मैदान उत्रँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– फ्रेबुअरीदेखि खुट्टाको चोटका कारण मैदान बाहिरै रहेका ब्राजिलका स्टार फरवार्ड नेयमार आज (आइतबार) हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा मैदान उत्रने भएका छन्।

केही समयपछि लिभरपुलमा हुने क्रोएसियविरुद्धको मैत्रीपूर्ण खेलको विश्वका सर्वाधिक महँगा खेलाडी नेयमार हाफ टाइमपछि मैदान उत्रने प्रशिक्षक एड्नोर लियोनार्दो बच्ही ‘टिटे’ले पुष्टि गरेका छन्।
गत साता शतप्रतिशत फिट भएको बताए पनि नेयमार प्रशिक्षणका दौरान भने मुख्य टोलीबाट बाहिर बसेका थिए । फ्रान्सेली लिगमा लागेको खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रूपमा फिट भएका छैनन्।

उनले थोरै समय खेले पनि क्रोएसियाका लागि भने ‘प्रोटागोनिस्ट’ बन्न सक्ने आकलन गरिएको छ। विश्वकपसम्म उनको खुट्टालाई ‘रिकभरी’का लागि बेन्चमै राखिएको हो। 
ब्राजिल विश्वकपको समूह ‘र्इ’ मा परेको छ । जसमा स्विजरल्यान्ड, कोस्टारिका र सर्बिया छन्।  
 
पाँच पटकको विश्वकप विजेता ब्राजिल यस पटक पनि उपाधिको दाबेदार मानिएको छ भने  क्रोएसिया पहिलो पटक सन् १९९८ मा विश्वकपका लागि छनोट भएकोे थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।