सोमबार, जेठ ४, २०८३

पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु

पर्सामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

पर्सा - पर्सामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

National life

नारायणी व्योधा हस्पिटल वीरगंजमा उपचाररत महिलाको गए राति मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर १४ निवासी ५७ वर्षीया महिला रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले बताए।

चैत २९ गते भर्ना भएकी महिलामा मुटुको समस्या रहेको डा. दासले बताए। यसैगरी पर्सामा एकैदिनमा ७० जना कोरोना संक्रमित फेला परेका छन्।

नारायणी अस्पतालको पिसिआर ल्यावमा गरिको परीक्षणमा २० महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित पुष्टि भएका मध्ये ४ वर्षीया बालकदेखि ७५ वर्षसम्मका वृद्ध रहेका छन्।

प्रकाशित: Apr 20, 2021| 04:02 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्