मंगलबार, चैत १०, २०८२

कतै कलेजो बिग्रिएको त छैन? यस्ता लक्षण देखिए बेवास्ता नगरौं

केही मानिसको कलेजो सुन्निने हुन्छ। जसले गर्दा उनीहरूको पेटको आकार बढ्न पुग्छ। केही मानिसले यसलाई मोटोपनको रुपमा लिइरहेका हुन्छन्।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो। यसले हाम्रो शरीरमा खाना पचाउनेदेखि पित्त बनाउनेसम्मको काम गर्छ। यसले पुरै शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ। कलेजोले शरीरमा संक्रमणसँग लड्ने, ब्लड सुगरलाई नियन्त्रण गर्ने, मोटोपनलाई कम गर्ने र शरीरमा प्रोटीन बनाउने काम गर्छ।

National life

त्यसैले स्वस्थ कलेजो स्वस्थ जीवनको बलियो आधार हो। कलेजो कमजोर भएका मानिसले स्वास्थ्य सम्बन्धी थुप्रै समस्याको सामना गर्नुपर्छ। 

केही मानिसको कलेजो सुन्निने हुन्छ। जसले गर्दा उनीहरूको पेटको आकार बढ्न पुग्छ। केही मानिसले यसलाई मोटोपनको रुपमा लिइरहेका हुन्छन्। तर, पछि यो ठूलो समस्याको रुपमा विकसित भइसकेको हुन्छ। त्यसैले अनावश्यक रुपमा पेटको आकार पढ्ने वा दुख्ने समस्या भए बेलैमा डाक्टरलाई देखाउनुपर्छ।

यस्तै पिसाबको रंग फेरिनु पनि कलेजो सम्बन्धि समस्याको कारण हुनसक्छ। यसका अलावा नङ सम्बन्धि समस्या वा जन्डिस सम्बन्धि समस्या भए पनि पिसाबो रंग फेरिन्छ। आँखाको सेतो भाग पहेलो हुनु पनि लिभर खराब भएको संकेत हुनसक्छ। 

एलर्जी आम समस्या हो। आम समस्या भएकै कारण हामी यसलाई नजरअन्दाज गरिदिन्छौं। तर, कलेजो खराब भएको अवस्थामा पनि अनुहारमा एलर्जी आउने हुन्छ। 

Laxmi sunrise bank
kumari

ज्वरो आउँदा मुखको स्वाद बिग्रिने गर्छ। तर, ज्वरो नआएको समयमा पनि यस्तै समस्या देखिए कलेजोमा खराबी भएको संकेत हुनसक्छ। यसका अलावा कलेजो बिग्रिदा अम्लिएपना बढेर मुखबाट गन्धा आउने हुनसक्छ।

भोक नलाग्नु, पेटमा ग्यास बन्नु पनि आम समस्या हो। तर, यो समस्या लगातार बनिरह्यो भने कलेजो बिग्रिएको लक्षण हुनसक्छ। यसका अलावा कलेजो बिग्रिदा जातिमा जलन हुनेगर्छ।

त्यसैले कलेजोलाई सफा राख्न दिनहुँ २-३ पोडा लसुन खाने गर्नुपर्छ। नियमित रुपमा कागति पानीको सेवन पनि कलेजोका लागि निकै राम्रो मानिन्छ।

१/४ चम्मचा बेसार पाउडर एक ग्लास पानीमा मिलाएर उमालेर दिनमा दुई पटक पिउनुपर्छ। दिनहुँ स्वाउको सेवन गर्नुपर्छ। दिनहुँ ओखर खाएर पनि हामीले कलेजोलाई सुरक्षित राख्नसक्छौं।

प्रकाशित: Apr 20, 2021| 01:43 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्