मंगलबार, चैत १०, २०८२

'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश' जारी

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- सरकारले कोभिड-१९ को संक्रमण बढेसँगै 'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश' जारी गरेको छ।

National life

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरेको हो।

आदेशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निम्नलिखित ८ काम गर्नुपर्ने भएको छ। 

१. नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने । 

२. कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका र अनुगमन सम्बन्धमा स्वास्थ्य मन्त्रालयले देहाय बमोजिम गर्ने । 

Laxmi sunrise bank
kumari

३. रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि राष्ट्रिय मापदण्ड र जनशक्ति परिचालन सहितको प्रतिकार्य योजना जारी गर्ने । 

४. अस्पतालमा निश्चित वेड छुट्याइ कोभिड युनिटमा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने । 

५. २०० भन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसकारी मेडिकल कलेज, प्रतिष्ठान, अस्पतालसँग संक्रमितको उपचारका लागि सम्झौता गर्ने, अनुगमन गर्ने र सोध भर्ना । 

६. संक्रमणको जोखिम अवस्था हेरी निजी तथा गैर सरकारी स्वास्थ्य संस्था, जनशक्ति, औजार, उपकरण, भवन, स्थान र स्वास्थ्य सेवा तथा कार्यका लागि प्रयोग गर्न सक्ने । 

७. सूचीकृत अस्पताललाई संक्रमितको उपचारमा लाग्ने संस्थागत आइसोलेसन २ हजार, अस्पतालको आइसोलेसन ३ हजार ५ सय र मध्य जटिल केसको उपचारका लागि ७ हजार, गम्भीर बिरामीको आईसीयुमा भेन्टिलेटरसहितको उपचारका लागि १५ हजार प्रतिव्यक्ति दिन निर्धारित ढाँचाको प्रतिवेदनअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्च शोध भर्ना गर्ने । 

८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका मापदण्ड, योजना तथा आदेश संघ, प्रदेश सरकार, स्थानीय तह तथा निजी संघसंस्थाले पालना गर्नुपर्ने।

प्रकाशित: Apr 19, 2021| 13:30 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्