काठमाडौं- वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको परिवारका सबै सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित परिवारका पाँचै सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
'मलगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजिटिभ देखिएको छ,' उनले फेसबुकमा लेखेका छन्, 'संक्रमण भइसकेपछि सास्ती चाहिँ हुने रहेछ। त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला! जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला।'
