शनिबार, असोज १०, २०८३

जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड

 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– मेगा बैंकले जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ। नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकको नीतिअनुरुप उक्त सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

उक्त बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी उक्त सेवाको शुभारम्भ गरे । उक्त बजारका तरकारी व्यापारीलाई बैंकले क्यूआर कोड प्रदान गरेको छ ।

उक्त सेवाको शुभारम्भ गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । 

प्रकाशित: Apr 19, 2021| 07:33 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्