काठमाडौं– नेपालमा फोटन मोटरको अधिकारी विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ।
नेपालमा टुनल्यान्ड पिकअपको सफलतापछि ग्राहकको विश्वास बढाउन टुनल्यान्ड ई पिकअप विक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्नेछ। नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको पनि घोषणा गरेको छ।
फोटन चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो।