शनिबार, असोज १०, २०८३

सुबिसुले ल्यायो नयाँ वर्ष योजना

 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसर पारेर ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर ल्याएको छ। यो योजनामा ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ बिमा प्राप्त गर्नेछन्।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट  तथा इन्टरनेट  र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने जनाएको छ। सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्डविथमा लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ। यस अफर अन्तर्गत ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्ने जनाइएको छ।

यो योजना सीमित अवधीका लागि रहने र शर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: Apr 19, 2021| 07:27 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्