शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमाल सफाइ अभियानमा कोका–कोलाले नेपाली सेनासँग हातेमालो गर्ने

हिमाल सफाइ अभियानमा कोका–कोलाले नेपाली सेनासँग हातेमालो गर्ने

 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका छन्। हिमालय क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो।

यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा हिमाल सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखिएको छ।

हिमाल सफाईअभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र गौरवशाली हिमालहरु सफा गर्न गरेको प्रयासलाई समर्थन गरिरहेको बताए। 

विसं २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक सगरमाथा हिमाल सफाई अभियान अभियान सञ्चालन गरेका थिए। यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो।
 

प्रकाशित: Apr 19, 2021| 07:25 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्