काठमाडौं– नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ नववर्ष अफर” ल्याएको छ।
रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुवल ट्रान्समिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन पाउने कम्पनीले जनाएको छ। साथै २ लाखसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने जनाइएको छ।
नव वर्ष अफर वैशाख ३१गते सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।