बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. बस्नेत

कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. बस्नेत

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार डा. बस्नेतलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन्।

यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. रुद्र मरासिनीलाई कोभिड—१९ युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेका थिए। तर, प्रधानमन्त्रीले उक्त निर्णयलाई स्थगित गरी आज डा. बस्नेतलाई नियुक्त गरेका हुन्। 

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकारीमा डा. भुपेन्द्रलाई नियुक्त गरिएको जानकारी दिए। डा. बस्नेत यसअघि वीर अस्पतालको निर्देशक भइसकेका छन्।

यसअघि कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम थिए। उनलाई प्रसूति गृह पठाइएको छ। 


प्रकाशित: Aug 03, 2021| 15:31 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।