मंगलबार, साउन १९, २०८३

शिक्षक संघसंगठनको सुझाव – काठमाडौं महानगरका विद्यालयमा पठनपाठन बन्द गरौं 

कोरोना महामारी बढ्दै गएको भन्दै शिक्षकका पेसागत संघसंस्थाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गर्न सुझाव दिएका छन्। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं – कोरोना महामारी बढ्दै गएको भन्दै शिक्षकका पेसागत संघसंस्थाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गर्न सुझाव दिएका छन्। 

सहरी क्षेत्रका विद्यालय हटस्पट बन्दै गएको हुँदा विद्यालयको वार्षिक परीक्षा वैशाखभित्रै सम्पन्न गरेर सम्भावित जोखिम कम गर्न र वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न महानगरलाई ध्यानाकर्षण गराएका हुन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनको महानगर समितिले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र संक्रमणको अवस्था कायम रहे नयाँ शैक्षिक सत्रमा वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्ने, वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न इन्टरनेटको सहज पहुँच विस्तार गर्नुपर्ने लगायतका माग गरेका छन्।

संगठनहरुले महानगरले निर्णय नलिँदा कुनै विद्यालय खुल्ने र कुनै बन्द हुने भएकाले विद्यार्थी एवं अभिभावकलाई अन्योलमा पर्न नदिन महानगरलाई सहजीकरण गर्न ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Apr 18, 2021| 10:43 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्