मंगलबार, साउन १९, २०८३

भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

भारतको आन्ध्र प्रदेश स्थित के एल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति योजनामा सहभागी गराउने भएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं – भारतको आन्ध्र प्रदेश स्थित के एल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति योजनामा सहभागी गराउने भएको छ। 

युनिभर्सिटीले आफ्नो छात्रवृत्ति योजना (केएल इन्जिनियरिङ इन्ट्रान्स इक्जाम –२०२१) को बारेमा नेपाली शैक्षिक परामर्श व्यवसायी र विद्यार्थीलाई काठमाडौंमा एका कार्यक्रमका बीच जानकारी गराएको हो ।

विश्वविद्यालयले केएल म्यानेजमेन्ट एप्टिट्युट टेस्ट – २०२१ सञ्चालन गरी १५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने एडुकाउन्सलर्स न्यु दिल्लीका बजार निर्देशक हिमांशु गौरलले जानकारी दिए।

विश्वविद्यालयका लागि नेपालका प्रवद्र्धन समितिका संयोजक शिवराज न्यौपानेले छात्रवृत्तिका लागि युनिभर्सिटीले सरकारसँग सम्बन्धन लिएर छिट्टै नेपालभर छात्रवृत्तिको परीक्षा सञ्चालन गर्ने बताए।

आन्ध्र प्रदेशमा सन् १९८० सालमा स्थापना भएको विश्वविद्यालय प्राविधिक शिक्षाका लागि अखिल भारतीय परिषद्द्वारा मान्यता प्राप्त विश्वविद्यालय हो।

यस विश्वविद्यालयलाई नेपालमा स्टारवल्र्ड इन्टरनेसनल एजुकेसन महाराजगन्ज, इन्फर्मेटिक्स कन्सल्टेन्सी पुतलीसडक, आब्सिका इन्टरनेसनल एजुकेसन थापाथली, काठमाडौं म्यासवे इन्टरनेसनल एजुकेसउन कन्सल्टेन्सी बागबजार, ह्वाइट प्लाटिनम एजुकेसन सर्भिसेज कुपन्डोलले प्रवद्र्धन गर्ने भएका छन्।
 

प्रकाशित: Apr 18, 2021| 10:02 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्