शनिबार, असोज १०, २०८३

सुनको मूल्य बढ्यो, तोलाको कति?

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं - साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ९० हजार ५०० सयमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा सुनको कारोबार भइरहेको हो। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर छ। गत शुक्रबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 18, 2021| 05:57 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्