मंगलबार, चैत १०, २०८२

जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले जानकारी दिए।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं– कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जोखिम देखिएका सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

National life

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले जानकारी दिए।

‘बैठकमा कोरोनाको संक्रमणका विषयमा तहगत रुपमा छलफल भएको छ,’ उनले भने, ‘संक्रमणको जोखिम देखिएका सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने र त्यो बीचमा अनलाइन विधिबाट पठन पाठन गराउने वा के गर्ने भन्ने विषयमा प्रस्ताव आएको छ।’

सीसीएमसीले विभिन्न विषयमा सिफारिस गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले निर्णय गरे मात्रै ती कार्यान्वयनमा आउने बताए। 

शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो।

Laxmi sunrise bank
kumari

स्वास्थ्य मन्त्रालयले अतिजोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न विभिन्न सुरक्षाका उपाय अपनाउने विषयमा बैठकमा छलफल भएको सीसीएमसीका प्रवक्ता एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।

नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको हो। 

जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि ठोस निर्णय भने मन्त्रिपरिषद्को बैठकले गर्नेछ।

प्रकाशित: Apr 17, 2021| 11:55 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्