शनिबार, कात्तिक ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'महामारी रोक्न आवश्यक परे विद्यालय बन्द गर्नुपर्छ'

पछिल्लो सयम कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो। 
 |  शनिबार, वैशाख ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि आवश्यक परे विद्यालय बन्द गरेर भएपनि अघि बढ्नुपर्ने आवाज उठेको छ। 

triton college

पछिल्लो सयम कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बैठकमा सहभागी अधिकांश नेताहरूको धारणा थियो। 

बैठकमा कोरोना महामारी, प्रतिकार्य र यसको तयारीबारे बैठकमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

''कोरोनाविरुद्ध सबै दलको एकै किसिमको राय रह्यो। कोरोनाको चुनौती दिन प्रतिदिन बढ्दो छ। सरकारले अझ सजकता अपनाओस्। खोप सुनिश्चित गरोस्। आवश्यक पर्छ भने, खासगरी हटस्पट रहेका ठाउँमा विद्यालय बन्द गरेर पनि यसको नियन्त्रण गरोस्। भिडभाड र जात्रा हुने ठाउँमा नियन्त्रण गर्न सरकारले पहल गरोस्' भन्ने सबै दलहरूको धारणा थियो,' सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने। 

प्रकाशित: Apr 17, 2021| 10:07 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्