बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडाध्यक्षको दादागिरी : युवकलाई दाम्लाले बाँधेर निर्घात कुटपिट [भिडियाेसहित]

वडाध्यक्षको दादागिरी : युवकलाई दाम्लाले बाँधेर निर्घात कुटपिट [भिडियाेसहित]

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेका छन्। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहितको समूहले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

सुर्खेत– जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेका छन्। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहितको समूहले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन्।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ। वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन्। हल्ला किन गरेको भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितको टोलीले कुटपिट गरेको देखिन्छ। घटना साउन १५ गते भएको स्थानीयले बताएका छन्। 

वडाध्यक्ष नेपाली भने आफूले कुटपिट नगरेको दाबी गर्छन्। उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए। भिडियोमा उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ। उनले भने, ‘ढुंगामुढा गर्दै हिँडेर जथाभाबी बोलेपछि आमाबाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौंं।’ 

नवीन र आफूबीच कुनै दुस्मनी नभएको उनले बताए। पीडितका पिता रंगे दमाईं पनि  परिवार र वडाध्यक्षबीच दुस्मनी नभएको बताउँछन्। 

नवीनकी आमा सुन्दा नेपालीले भने घटना अकस्मात् भएको जानकारी दिइन्। ‘छोराले अलिअलि रक्सी खाएको रहेछ। होहल्ला गरेछ। गाउँलेले कुटपिट गरेछन्’, उनले टेलिफोनमा भनिन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने घटनाबारे जानकारी नभएको जनाएको छ। ‘भिडियो आएको छ घटनाबारे विस्तृत रूपमा बुझ्दै छौं’, जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने। नेपाली एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। 

प्रकाशित: Aug 03, 2021| 17:45 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।