मंगलबार, चैत १०, २०८२

निजी शैक्षिक संस्थाले उच्च शिक्षामा पनि भौतिक कक्षा जारी राख्ने

देशमा कोरोना महामारीको दोस्रो लहर फैलिए पनि निजी शिक्षण संस्थाहरुले भने विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने भएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- देशमा कोरोना महामारीको दोस्रो लहर फैलिए पनि निजी शिक्षण संस्थाहरुले भने विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने भएका छन्।

National life

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले विद्यालय एवम् कलेजमा भौतिक रुपमा सञ्चालन भइरहेको पठनपाठनलाई जारी राख्ने निर्णय गरेको हो। शुक्रबार नुवाकोटको ककनीमा बसेको हिसानको पूर्ण वैठकले कोभिड-१९ बाट प्रभावित कलेजमा अनलाइन माध्यबाट कक्षा सञ्चालन गर्ने र अन्य कलेजमा भौतिक रुपमै कक्षा सञ्चालन गर्नुपर्ने वाध्यता भएकाले स्थानीय तह, अभिभावक र सरोकारवासँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। 

कक्षा १२ को परीक्षा नजिकिँदै जाँदा विद्यालयले कोर्स पूरा गर्न नसकेको र प्रयोगात्मक क्रियाकलापलाई भौतिक रुपमै उपस्थित हुनुपर्ने भएकाले यस्तो निर्णय गरिएको हिसान केन्द्रीय सचिव रामहरि सिलवालले बताए। उनले भने, ‘हामीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सरकारको निर्देशन बमोजि नै अगाडि बड्छौं।’

प्याब्सनले पनि यसअघि कोभिड १९ का कारण विद्यालयको पठनपाठन अवरुद्ध नगर्ने निर्णय गरिसकेको छ। 

आजै शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विद्यालयमा हुने सम्भावित भिडभाड कम गर्न आलोपालो रुपमा कक्षा सञ्चालन गर्ने विकल्प दिएको छ। मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयले भाइरसको संक्रमण बढ्दै गएकाले विद्यालयमा अनावश्यक भिडभाड तथा उत्सव नगर्न भनेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 16, 2021| 11:17 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्