काठमाडौं - दोस्रो चरणमा खोप लगाउने तालिकामा संशोधन गरिएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले आगामी वैशाख ७ देखि ११ सम्म सञ्चालन हुने कोभिडविरुद्धको दोस्रो डोज खोप लगाउने तालिकामा केही संशोधन गरेको हो।
स्वास्थ्य कार्यालयले अघिल्लो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिन तोकेको हो।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ सम्म दोस्रो डोज लगाउन सक्ने छन्।
संशोधित तालिकाअनुसार माघ १४, १५, १६, १७, २६, २७, २८ र २९ गते खोप लगाउनेहरूले वैशाख ७ गते लगाउनु पर्नेछ।
त्यस्तै माघ १८, १९, २०, २१, २२ र फागुन २ गते खोप लगाउनेले वैशाख ८ गते लगाउनु पर्नेछ। माघ २३ गते र फागुन ३, ४, ५ गते खोप लगाएकाले ९ गते खोप लगाउन पाउने छन्।
त्यस्तै माघ २४ गते र फागुन ६, ८, ९ गते खोप लगाउनेले वैशाख १० गते खोप लगाउनु पर्नेछ। माघ ३० गते र फागुन ७ र १० गते खोप लगाउनेले वैशाख ११ गते खोप लगाउनुपर्ने गरी स्वास्थ्य कार्यालयले तालिका बनाएको छ।
त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ।
सो खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन पनि स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो डोज खोप लिइसकेकाहरूलाई आग्रह गरेको छ।
